हाम्रो बारेमा

शुक्लगण्डकीले धेरै मात्रामा दाना उत्पादन गर्छ
हाम्रो बारेमा

हामी विभिन्न प्रकारका पशु दाना उत्पादन गर्छौ

शुक्लागण्डकी एग्रीकल्चर एण्ड रिसर्च प्रा.ली. मुख्यतया पशुपंक्षीको दाना उत्पादनमा संलग्न छ । यो कम्पनी सन २००१ मा स्थापित भएको हो । सुरुमा यो माछा पालन संग सम्वद्ध थियो । त्यसको दुई वर्ष पछि सन २००३ मा कम्पनीले सुँगुर पालनको सुरुवात गरी आफ्नो व्यवसायलाई थप विस्तार गर्यो । सन २०१६ मा कुखुरा र गाईवस्तुको दाना उत्पादनको थालनी गर्यो र कम्पनीले आफ्नो व्यवसायमा थप विविधता दियो । यद्यपि, कम्पनीले हाल पशुपंक्षी दाना उत्पादनमा मात्र ध्यान केन्द्रित गरेको छ । कम्पनीले पशुपन्छीको पोषण आवश्यकताहरू पूरा गर्ने र तिनीहरूको वृद्धि, स्वास्थ्य र उत्पादनलाई थप सुधार गर्ने तथा गुणस्तरीय र पौष्टिक पशु आहारको वर्तमान माग पूरा गर्दै दाना उद्योगमा आफूलाई स्थापित गरेर नेपालको गण्डकी र धौलागिरि क्षेत्रका अन्य आपूर्ति कर्ताहरूको बजार हिस्सा समेत हासिल गर्ने गरी कार्य गरीरहेको छ । यस प्रा.ली. कुखुरा (ब्रोइलर, लेयर र गिरीराज), बंगुर र गाईभैंसी को लागि उच्च गुणस्तरको पशु आहार उत्पादनहरू उपलब्ध गराउन सक्रिय छ । पशुपन्छी पालन गर्दा का विभिन्न वृद्धि चरणहरू जस्तै कुखुराको लागी स्टार्टर, ग्रोअर र फिनिशरका लागि उपयुक्त हुने गरी दानाहरू तयार गरिएका छन् । त्यसै गरी सुँगुरका लागी क्रिप फ्याटनर र माउ गरी ३ प्रकारका दानाहरू उत्पादन गरिएका छन् । कम्पनीले कुखुरा दाना व्यवसायमा खासगरी ब्रोइलर फिनिशर वि २ , ब्रोइलर स्टार्टर वि १ मा र गाइ भैसी दानामा ठूलो बजार हिस्सा कायम गर्दै आफ्नो बलियो उपस्थिति स्थापित गरेको छ । कम्पनीले नेपालका विभिन्न स्थानहरू (विशेष गरी नवलपरासी, वीरगन्ज, रौतहट, सर्लाही, सुनसरी र झापाबाट) गुणस्तरीय कच्चा पदार्थ (मकै, ढुटो र पिना) खरीद गर्छ । खरिद गर्नु अघि विभिन्न उत्पादन प्रक्रिया गुणस्तर आश्वासन पुरा गरेको सुनिश्चित गर्दछ । हाल कम्पनिले २२ आपूर्ति कर्ताहरू मार्फत नेपालभरीवाट लगभग १७५ किसानहरूबाट कच्चा पदार्थको व्यवस्थापन गरीरहेको छ, कम्पनीले कच्चा पदार्थको आवश्यकता हरू पूरा गर्न भरपर्दो आपूर्ति श्रृंखला स्थापना गरेको छ । अभावको वेला वजारमा आपूर्ति श्रृंखला सुनिश्चित गर्न भारत वाट समेत कच्चा पदार्थ आयात गरीन्छ । कम्पनीले भारतमा उत्पादित उच्च गुणस्तरको भुसको पिना र फिड सप्लिमेन्टहरू वीरगन्ज तथा काठमाडौंका नेपाली आपूर्तिकर्ता मार्फत खरीद गरी प्रयोग गर्छ ।

Agriculture & Organic Farms

Yagya Prasad Acharya
शुक्लागण्डकी नै किन ?

हामीसँग जनावरको पौष्टिक दाना छ

पोषण
स्वस्थ
सुरक्षित

हामीसँग धेरै अनुभव सदस्यहरू छन्।

ग्राहकको प्रतिक्रिया

हाम्रो फिडको बारेमा ग्राहकको भनाई